लेख/रचना खोजी | कविता


एकादम
कविता




मलाई हल्लाउ,

ताकि मक्किएका हाँगाहरु खसुन्,

अैलाएका पातहरु खसुन्,

अाखिर मन्दगतिमा हल्लाईरहेकै छौ एकनास,

एकादम हुदैन्,

एक्कासी हुदैन्,

एकनासमा तिव्रता,

मन्दमा झट्का,

आक्रमकता,

खोजेको हुँ,

अरु।


फेदबाट हल्लाउ,

पातहरु हल्लाईरहेथे बतासले,

हाँगाहरु हल्लाईरहेथे चराहरुले,

बुटै समाएर हल्लाएका थिएनन् यतिखेरसम्मन्,

हल्लाउ ...


पानी हुँ म
कविता

कतै बाटोमा मलाई देख्दा तिमीले सोध्न सक्छौ यो को हो ?

तर म त त्यस प्रश्नको उत्तर आफैं हुँ
मेरो आफ्नै बेग छ, आफ्नै रूप, ...


राम्रो लाग्छ
कविता

सफलता मा बजेका ती ताली भन्दा 

संघर्समा दिएका ति गाली राम्रो लाग्छ 

अनेक शब्द भनेर दिएको सुन भन्दा

निशब्द भएर दिएको नुन राम्रो लाग्छ


मुखले म छु भनी मिठो ...


नेपाल हैन
कविता

न्याय नपाए गोर्खा जानू नजानु है अन्त 

नेपाल हैन न्याय मरेको देश हो 

कति रोए रोए निर्मला पन्त

कौशी मा खेती गर्ने लाई अवार्ड दिन्छ वास्तविक किसान देख्दैन 

किसान ...


मायाको कहानी
कविता

जिवनमा एक्लै लड्न तयार म 

गोरेटोमा भेट भको उनी ले

 मुस्कुराउदै 

तिम्रो बाटोको साथि बनाउ है भने पछि 

कति सोझो म

कति कोमल मेरा मन हरु 

कति खुल्ला मेरा

 ह्रदय का ढाेका ...


मेरो अस्तित्व
कविता

कबिता 

                  मेरो अस्तित्व 


कहाँ खोजौ भेटिन्दैन कतै पनि मेरो अस्तित्व 

दिनदाडै यसरी बिलिन हुदैछु केही छैन त मेरो महत्व

कुन ...


कट्टालको जीब्रो
कविता

कट्टालको जीब्रो मात्रै बौलाएको हो

चिप्लिएको हो

दिमाग ठीक छ

मनले पश्चाताप गरेको छ पनि भन्थ्यो

हातखुट्टा चिरेको काक्रा झै सर्लक्कका छन्

केराको खम्बा भन्न मिल्छ ज्यान


पसारो परेपनि

कचहरीले फैसला गर्यो

कट्टालको ...


मुक्तक
मुक्तक

चर्को असाध्यै कुनै छैन अर्को नुनको के कविता लेख्नु
सुगन्ध साथमै हुन्थ्यो त जो सुनको के कविता लेख्नु।

कमजोरी केही न केही भएर नै हो ...


होली र रङ्गीन सपनाहरु
कविता

सपनाहरू

फूलझैँ फुल्छन् आँखाभरि,

छिनभरमै विलाउँछन्,

सजिएका सपनाहरूको दुनियाँमा

कसैको भाग्य चम्किन्छ, कसैको तुहिन्छ

इन्द्रेणी रंगका चाहनाहरू

आकाशमा उड्छन् चङ्गाजस्तै,

हावा लाग्दा कसैको त छुट्छ डोरी,

कसैको पुग्छ अनन्त यात्रा।


तर, रंगीन सपना मात्रै ...


मोह भंग
कविता

ठिङग एक्लै उभिन्छ जीर्ण इच्छा

मोह फाट्नसम्म

जीवन फटालिसकेको हो ।


छेउमा उभिएका छन् स-साना सत्य र सपनाहरु

तर

तिमी र म
कविता

तिमी छौ र पो म छुअक्षर छ र पो शब्द छसूर्य छ र पो धरती उज्यालो छ तिमी छौ र पो मेरो मुहारमा चन्द्रमा छ  ...
प्रेम र खरानी
कविता

अरु त्यस्तै हो

म भने मस्त निसंकोच नाच्दैछु जँगलमा

निर्धक्क नलजाई


अरु पनि त्यस्तै हुन्

म भने खोलाको किनारमा आनन्दले बाँसुरी बजाउँदैछु

शहरमा जुलुस छ

आज घाम लाग्दैन

पारि गाउँमा कुकुर भुक्छ ...


सुकेको पात
कविता

म बुढो रूखको छिप्पिएको पातझै भएको छु ।

म मा नौजवान भएर पाउलो फेर्ने सपना मरिसकेको छ ।

मैले चर्को घाम सहेको छु ।

मैले आकाश बाट दर्किएको ...


मजदुर दिवस
कविता

"आज

मजदुर दिवस हो ।


यहिँ अवसरमा

'विश्वका मजदुरहरु एक हौँ' भन्ने

विचार स्थापित गर्न

२९औँ

कम्युनिष्ट पार्टी

खोल्न पर्छ ।


कमरेडहरु,

तयारी गर्दै गर्नुहोस,

त्याँ घरमा काम गर्नेले

मालिकले पैसा दिएन

कुटेर खेद्यो भनेर

अदालतमा मुद्दा हाल्यो ...


© 2024 - 2025 साहित्य_समाज All rights reserved.
Powered By: Cware IT Solution