आज विहान हाम्रो घरमा कोट लाका मान्छे आथे ।
गुम्म अनुहार अनि ठुलो पेट भाका मान्छे आथे ।
चिने चिने जस्ता लाग्ने निहुरिएर ढोग्नै खोज्ने,
नाम के थ्यो तिनको कुन्नी, खै काँका मान्छे आथे ।
हिजो सम्म बाहिरै बस्थे, छोराछोरी उतै बस्छन,
अचानक आज देशको गित गाका मान्छे आथे ।
दिन्न भन्नुभयो बा ले, तिनिहरुले झण्डै कुटे,
जो पछि मुन्द्रा लाका कपाल उठाका मान्छे आथे ।
के मागे बा तिनिहरुले? के दिन्न भन्नुभको?
बाबु हाम्रो भोट बेची नोट खाका मान्छे आथे ।