राम्रो लाग्छ

कविता | सुनिल खड्का

सफलता मा बजेका ती ताली भन्दा 

संघर्समा दिएका ति गाली राम्रो लाग्छ 

अनेक शब्द भनेर दिएको सुन भन्दा

निशब्द भएर दिएको नुन राम्रो लाग्छ


मुखले म छु भनी मिठो बोली भन्दा 

मन देखि दिएको गोलि राम्रो लाग्छ 

सफलतामा रमाउने ती आफन्त भन्दा

दुख पर्दा साथ दिने शत्रु राम्रो लाग्छ 


मलामी किन्ने तिम्रो त्यो शहर भन्दा

घाँस काट्दा पालो आउने गाउँ राम्रो लाग्छ 

स्वार्थ ले भरिएको तिम्रो शहर भन्दा

नुन पैचो लाउने गाउँ राम्रो लाग्छ 



द्वारा 2025-03-22 10:33:23 मा प्रकाशित
© 2024 - 2025 साहित्य_समाज All rights reserved.
Powered By: Cware IT Solution