ठिङग एक्लै उभिन्छ जीर्ण इच्छा
मोह फाट्नसम्म
जीवन फटालिसकेको हो ।
छेउमा उभिएका छन् स-साना सत्य र सपनाहरु
तर
मोह भंग भएको छैन लालचको
राहुल साँस्कृत्यन,बुध्द र जिसस आए भनेपनि
बास बस्ने स्थिति छैन
चुल्होमा घृणा
छिँडीमा शंका
घमासान छ।