जिवनमा एक्लै लड्न तयार म
गोरेटोमा भेट भको उनी ले
मुस्कुराउदै
तिम्रो बाटोको साथि बनाउ है भने पछि
कति सोझो म
कति कोमल मेरा मन हरु
कति खुल्ला मेरा
ह्रदय का ढाेका हरु
कति हतार मेरा दुई ओठ हरु
हुन्न भन्न नसकी हुन्छ भन्न आतुर
मन बाट दिमाग सम्म पुग्न नसकी
हुन्छ भन्न आतुर यी ओठ
(अनि त सुरु भो हाम्रो मायाको कहानी) २
जीवन को युद्धमा पेस्तोल बन्दुक बोकि
एक्लै लड्न तयार म
विच बाटो मा भेट भको उनी ले
झोला भरी गोला बारुद देखाउदै
तिम्रो युद्धको सिपाही बनाउ है भने पछि
कति आतुर त्यो मेरो बन्दुक को बोल्ट
उनले दिएका ती गोलिहरु लोड गर्नका लागि
कति हतार थे मेरो बन्दुका म्यागजिनहरु
उनका ती गोला वारुद अटाउनका लागि
कति कोमल त्यो मेरो बन्दुकको टृिगर र फायरिङ पिन
उनका ती गोलिहरु चलाउनका लागि
कति आतुर थे मेरा बन्दुक का ती गिवर, व्यारेल र नलहरु
उनले दिएका ती गोला बारुद निकाल्नका लागि
कति स्वार्थी रहेछन मेरा बन्दुकका बोल्ट, स्टक र टृिगरहरु
नाम मात्रै मेरो बन्दुक तर नियन्त्रण सबै उनी बाट
(अनि त शुरु भो हाम्रो मायाको कहानी )२
राम्रै चली रहेथो हाम्रो जिवनको युद्ध
जब शुरु भयो वास्तविक जिवनको युद्ध
(अनि त शुरु भो हाम्रो मायाको कहानी )२
दुश्मनहरु AK 47 लिएर आएपछि
गोरेटो / विच बाटोमा भेट भएको उनिले
आफ्ना सबै गोला बारुद लिएर AK47 तिर गएपछि
(उनले मेरो पेस्तोल र AK 47 को तुलनामा )
AK 47 रोजे पछि
(अनि त अन्त्य भो हाम्रो मायाको कहानी )२
कसरी सम्हालु म ती मेरा कोमल मनहरुलाई
कसरी सम्झाउ म ती मेरा खुल्ला हृदयहरुलाई
कसरी बन्द गरु ति मेरा हृदय का ढाेका हरु
कसरी सम्झाउ ती आतुर बन्दुकका बोल्ट र म्यागजिनहरु लाई
कसरी सम्हालु ती कोमल मेरा बन्दुकका ट्रिगर र फायरिङ पिन लाई
कसरी सम्हालु म गोलि चलाउन तयार भएका गिवर, व्यारेल र नलहरु लाई
जसो तसो सम्हाले यी मेरा मनहरु लाई सान्त्वना दिई
अब फेरि नआउ युद्ध जित्न मायाको वाण हरु लिई
(अनि त अन्त्य भो हाम्रो मायाको कहानी )२