मलाई हल्लाउ,
ताकि मक्किएका हाँगाहरु खसुन्,
अैलाएका पातहरु खसुन्,
अाखिर मन्दगतिमा हल्लाईरहेकै छौ एकनास,
एकादम हुदैन्,
एक्कासी हुदैन्,
एकनासमा तिव्रता,
मन्दमा झट्का,
आक्रमकता,
खोजेको हुँ,
अरु।
फेदबाट हल्लाउ,
पातहरु हल्लाईरहेथे बतासले,
हाँगाहरु हल्लाईरहेथे चराहरुले,
बुटै समाएर हल्लाएका थिएनन् यतिखेरसम्मन्,
हल्लाउ जोडले,
हुरी बनेर,
ताकि झरुन् शीतबिन्दुहरु,
सो बुँदले यो सिँगो तलाउ हल्लाओस्,
म हल्लिउँ।