प्रेम र खरानी

कविता | निम्ब तरु

अरु त्यस्तै हो

म भने मस्त निसंकोच नाच्दैछु जँगलमा

निर्धक्क नलजाई


अरु पनि त्यस्तै हुन्

म भने खोलाको किनारमा आनन्दले बाँसुरी बजाउँदैछु

शहरमा जुलुस छ

आज घाम लाग्दैन

पारि गाउँमा कुकुर भुक्छ अब


अरु यस्तै यस्तै हुन्

पात बजाउँदै यसै टहलिँदैछु गोरेटोमा

यस्तैमा

तालचराहरु उड्दै थिए

हुने नै भए पछि-पछि उल्काहरु ।



द्वारा 2025-03-03 19:12:21 मा प्रकाशित
© 2024 - 2025 साहित्य_समाज All rights reserved.
Powered By: Cware IT Solution