कबिता
मेरो अस्तित्व
कहाँ खोजौ भेटिन्दैन कतै पनि मेरो अस्तित्व
दिनदाडै यसरी बिलिन हुदैछु केही छैन त मेरो महत्व
कुन झाडी, खोला जङ्गलमा पुर्याउछन छैन मेरो कुनै अत्तो पत्तो
जान्ने त छौ तिमी सृष्टि चल्दैन म बिना तर पनि मेरो कुनै ठाँउ हुदैन कहाँ खोजौ मैले मेरो अस्तित्व
थाहा छ मलाइ यो धर्तिमा धेरै छ मेरो देन अनि महत्त्व
तर पनि किन काहिँ भेट्दिन मैले मेरो अस्तित्व
न मेरो घर न मेरो थर म बनेको चै के को लागि
कैले सम्म बाच्न सक्छु म पापीहरु बाट भागी भागी
कैले सम्म दुष्टहरुको गिद्दे नजर र हत्याको दल दलमा फसौ
मैले यो मेरो अस्तित्व जोगाउन कहाँ गएर बचौ
भुणमै हत्या हिम्सा बेवास्ता अनि तिरस्कार
जसोतसो बाहिर आय दुरब्यबाहर अनि बलत्कार
सुरक्षित छैन म घर देखि नै बाटो बस्ति अनि समाजमा
संर्घसले बाच्न पनि मुस्किल छ सुरक्षाको अभाबमा
(कहाँ खोजौ मेरो अस्तित्व )२
यशोदा रुचाल
तेह्रथुम